मेगा बैंकमा जागिर खुल्यो, १०५ जना कर्मचारी माग

काठमाडौं– मेगा बैंक नेपालले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।